काभ्रेमा विपदको दश महिना : क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अलपत्र
barnanmedia.com · Fri Aug 08 21:42:08 GMT 2025

२०८१ असोज दोस्रोसाताको अबिरल वर्षापछिको बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति अङ्कलन (डीडीए) भइरहेको रहेको छ । क्षति आकलन सुरु गरिएको करिब चार महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डीडीए सकिएको जनाइएको छ ।
घटनाको दश महिना बितिसक्दा पनि विविध कारण अवस्थामा रहेको हो । तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्णविवरण प्राप्त नहुँदा सरकारले निजी आवास पुनःनिर्माणकार्य अलपत्र अघि बढाउन नसकेको जनाइएको छ । गत चैत अन्तिमसाता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आँकलन सुरु गरिएको थियो । गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट यसको सुरुवात गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)