राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
ratopati.com · Sat Jun 06 11:43:31 GMT 2026

काठमाडौं । राष्ट्रिय पशुपन्छी अधिकार दिवसको अवसरमा शनिबार काठमाडौंको स्वयम्भूस्थित धर्मचक्र पार्क (भगवान पाउ पार्क) मा विभिन्न पशु अधिकारकर्मी, पूर्ण शाकाहारी (भिगन) समुदाय तथा करुणामय नागरिकहरूको सहभागितामा विशेष कार्यक्रम सम्पन्न भएको छ।
एनिमल सेभ नेपाल तथा जनावरप्रेमीहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा श्रद्धाञ्जली सभा तथा अन्तरक्रियात्मक कार्यक्रममार्फत पशुपन्छी अधिकारका विषयमा जनचेतना फैलाउने प्रयास गरिएको थियो। सहभागीहरूले जनावरमाथि हुने क्रूरता र हिंसाविरुद्ध आवाज उठाउँदै मानवेतर प्राणीहरूको सम्मान, संरक्षण र कानुनी अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)