प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
barnanmedia.com · Fri Jul 17 23:14:18 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अहिले प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद भएको बताएका छन् । नेता श्रेष्ठले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेपाली कांग्रेस र नेकपा (एमाले( को निर्णयका कारण यो स्थिति उत्पन्न भएको बताएका हुन् ।
उनले भनेका छन् : ‘यतिबेला विभिन्न प्रदेश सरकारहरूको फेरबदलको कुरा सतहमा आएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)को निर्णयका कारण यो स्थिति उत्पन्न भएको छ । राजनीतिक घटनाक्रम नियमित रुपमा अघि बढ्दा करिब एक वर्ष पछि प्रदेशसभाको निर्वाचन हुने स्थितिमा अहिले सरकारको फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)