४० वर्षीया मनिला राई नौ दिनदेखि बेपत्ता
ratopati.com · Fri Sep 18 13:00:06 GMT 2026

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–५ सुब्बाचोककी ४० वर्षीया मनिला राई नौ दिनदेखि बेपत्ता भएकी छन् । भदौ २३ गते घरबाट निस्किएकी राई त्यसयता परिवारको सम्पर्कमा नआएको उनका दाजु सोमबहादुर राईले बताए।
मनिलाको खोजीका लागि परिवारले आफन्त तथा सम्भावित स्थानमा खोजी गर्नुका साथै इलाका प्रहरी कार्यालयमा समेत जानकारी गराएको छ । मानसिक अवस्था कमजोर रहेकी मनिला घरबाट निस्किएपछि बिर्तामोड पश्चिम स्टेन्ड आसपासमा देखिएको जानकारी पाए पनि त्यसपछि उनको अवस्था अज्ञात रहेको दाजु सोमबहादुरले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)