तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा सङ्गीना वैद्य
ratopati.com · Fri Sep 18 13:09:44 GMT 2026
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले वरिष्ठ तेक्वान्दो प्रशिक्षक सङ्गीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाउने उनी पहिलो महिला हुन्।
सङ्गीनाले आठौँ र नवौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा स्वर्ण पदक जितेकी थिइन्। उनले सन् १९९६ मा अस्ट्रेलियाको मेलबर्नमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)