नाका बन्द हुँदा सुनसान तातोपानी, तत्काल खुलाउन माग
annapurnapost.com · Fri Sep 18 13:00:09 GMT 2026

सिन्धुपाल्चोक : नेपाल–चीनबीचको दोस्रो ठूलो व्यापारिक मार्ग तातोपानी नाका भदौ १४ गतेदेखि बन्द छ। नाका बन्द भएसँगै सीमा क्षेत्र तातोपानी सुनसान बनेको छ।
चिनियाँ भन्सार प्रशासनले भदौ १४ गतेदेखि विपद्को सम्भावना देखाउँदै नाकाबाट मालवाहक सवारीसाधनको आवागमन रोक्ने जानकारी नेपाली पक्षलाई दिएको थियो। त्यस यता दुई देशबीचको व्यापारको लागि तातोपानी नाका पूर्ण रुपमा बन्द रहेको छ। पटक–पटकको प्राकृतिक विपद्, महामारी तथा अन्य कारण देखाउँदै नाका बन्द हुँदा सीमावर्ती व्यवसायी र स्थानीयमा अन्यौलता बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)