मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोला पुर्न मतको राजनीति

gorkhapatraonline.com · Thu Aug 04 00:46:24 GMT 2022

काठमाडौँ, साउन १९ गते । ‘यज्ञमती र चखुँचाखोलाको बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउने’ योजनासहित स्थानीय तह निर्वाचन–२०७४ मा बूढानीलकण्ठ नगरपालिका प्रमुख पदका उम्मेदवार उद्धव खरेल चुनावी अभियानमा होमिनुभयो। उहाँसँगै बूढानीलकण्ठ–१० का वडाध्यक्षका उम्मेदवार नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईलाई पनि बाढीबाट आजित कपनवासीलाई लोभ्याउने ‘राम्रो’ योजना यही बन्यो।

नगरप्रमुखमा खरेललाई कपनबाट पहिलो मत खस्यो अनि १० र १२ मा पनि भट्टराईद्वय वडाध्यक्षमा विजयी हुनुभयो। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यज्ञमती र चखुँचाखोलाको बाढीकै विषयले उहाँहरू पुनः वडाध्यक्षमा दोहोरिनुभयो। कपनकै आकाशेधाराका स्थायी बासिन्दा एवं एमाले नेता मिठाराम अधिकारी नगरप्रमुख निर्वाचित हुनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)