असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साहप्रद रूपमा सहभागी हुन कांग्रेसको आग्रह
ratopati.com · Fri Sep 18 13:24:16 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले असोज ३ र ४ गते देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)