साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
corporatenepal.com · Fri Sep 18 13:18:48 GMT 2026

काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था लि.) ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल अघि बढाएको छ ।
यसै अभियानअन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले साझा यातायातको डिजिटल टिकटिङ प्रणालीको रूपमा सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत यात्रुहरूले डिजिटल माध्यमबाट सहज, सुरक्षित तथा पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था विकास गर्न बैंकले सहजीकरण गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)