साउनमा रेमिट्यान्सको नयाँ कीर्तिमान, भित्रियो २ खर्ब १५ अर्ब
nepalnews.com · Fri Sep 18 13:25:32 GMT 2026

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले बढेको थियो । यस वर्ष साउनमा रेमिट्यान्सको वृद्धि दर केही सुस्त देखिए पनि कुल रकम भने उच्च स्तरमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)