त्रिविलाई तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन
nepaltvonline.com · Tue May 07 23:35:55 UTC 2024
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।
त्रिविले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिनुभएको हो । त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिनेलगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ । त्यस्तै, त्रिविको जग्गा अतिक्रमण भएको विषयमा उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने पनि शिक्षामन्त्री श्रेष्ठले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)