अन्नपूर्ण समाचार प्रभाव : प्रधानमन्त्रीको जिल्लामा सर्पदंश उपचार सेवा सुरु
annapurnapost.com · Fri Sep 18 13:26:08 GMT 2026

बर्दिबास : महोत्तरीको बर्दिबासमा ५० घण्टादेखि ठप्प सर्पदंश उपचार सेवा फेरि सुरु भएको छ। एन्टिस्नेक भेनमको हाहाकारले सर्पदंश उपचार केन्द्र व्यवस्थान समितिले भदौ ३१ गते सूचना निकाल्दै बन्द गरेको थियो। बिहीबारे अन्नपूर्ण पोस्ट् डटकममा ‘प्रधानमन्त्रीको गृह जिल्लामै छैन 'एन्टिस्नेक भेनम’, उपचार ठप्प’ शीर्षकको समाचार प्रकाशन भएको थियो।
स्वास्थ्य सेवा विभागको वरिष्ठ स्वास्थ्य प्रशासक डा. अमृत पोख्रेलको टोली काठमाडौंमा शुक्रबार सर्पदंश उपचार केन्द्र पुगेर व्यवस्थान समितिसंग छलफल गरेका थिए। छलफलपछि अवरुद्ध सेवालाई सुचारु गर्न विभागले वातावरण मिलाएसंगै सेवा सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)