मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगान फिर्ता शरणार्थीलाई ३५ हजारभन्दा बढी आवासीय जग्गा वितरण

ratopati.com · Tue Jun 02 18:51:43 GMT 2026

काठमाडौँ । अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीहरूको आवास समस्या समाधान गर्न देशभर ३५ हजारभन्दा बढी जग्गा वितरण गरेको जनाएको छ । पछिल्लो समय छिमेकी देशहरूबाट ठुलो सङ्ख्यामा अफगान नागरिकहरू स्वदेश फर्किन थालेपछि सरकारले उनीहरूका लागि बसोबासको व्यवस्था गर्न यो कार्यक्रम सञ्चालन गरेको हो ।

अफगानिस्तानको सहरी विकास तथा आवास मन्त्रालयका प्रवक्ताका अनुसार हालसम्म ३५ हजार ७१९ वटा आवासीय जग्गा फिर्ता भएका शरणार्थीहरूलाई हस्तान्तरण गरिएको छ । सरकारका अनुसार जग्गा वितरणको प्रक्रिया अझै जारी रहेको छ र आगामी दिनमा थप परिवारहरूलाई पनि समेटिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)