मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

nepaltvonline.com · Tue May 07 23:47:49 UTC 2024

त्रिशूली- नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन रावल र स्वीकार राना छन् ।

उनीहरुको उमेर करिब २०–२१ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँको अनुसार घाइते हुनेमा उपकार थापा र ऋतिक तिवारी रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)