क्षितिजलाई बुद्धिचाल उपाधि
gorkhapatraonline.com · Sat Jun 06 11:47:09 GMT 2026

काठमाडौँ महानगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न राष्ट्रब्यापी प्रथम वडा अध्यक्ष कप खुला फिडे रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जित्नुभएको छ ।
प्रतियोगिताका उच्च वरियता २२०० रेटेड खेलाडी भण्डारीले नौ चरणको खेलमा आठ जित र एक बराबरी खेल्दै ८.५ अङ्कका साथ उपाधि जित्नुभएको हो । उपाधिसँगै उहाँले ३५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
सिएम शुश्रुत दाहाले टाईब्रेकमा आधारमा दोस्रो हुनुभयो । उहाँले समान ७.५ अङ्क बनाउन सफल धिरेन राई र सबिनचन्द्र घिमिरेलाई पछि पार्नुभयो । धिरेन तेस्रो र सबिनचन्द्र चौथो हुनुभयो । दोस्रो, तेस्रो र चौथो बन्नेले क्रमश: ३०, २४ र १४ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
यसैगरी महिलातर्फ रिया श्रेष्ठ पहिलो हुनुभयो । प्रतियोगितामा एक सय ८१ खेलाडीको सहभागिता रहेको थियो । विजेतालाई बागमती प्रदेशका सांसद दीपक श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)