हिमाली भेगका डेढ लाख मानिस चिसोबाट प्रभावित, मतदान प्रभावित हुन्छ कि हुँदैन ?
ekantipur.com · Tue Jan 20 17:53:18 GMT 2026

काठमाडौँ — हिमाली भेगमा बसोबास गर्ने करिब डेढ लाख मानिस चिसोबाट प्रभावित छन् । गृह मन्त्रालयले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा बसोबास गर्ने घरधुरीका १ लाख ६२ हजार १ सय ४ जना अत्यधिक चिसोबाट प्रभावित हुनसक्ने जोखिम पहिल्याएको छ । यी क्षेत्रमा हिमपात भएमा कतिपय गाउँमा मानिस घरबाट बाहिर निस्कन पनि नसक्ने अवस्थामा रहेको गृहकै विवरणमा उल्लेख छ ।
खासगरी माघ र फागुनमा ती क्षेत्रमा चिसोको उच्च जोखिम छ । यता, आसन्न निर्वाचन पनि २१ फागुनमा देशभर एकसाथ हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)