वाग्मती मन्त्रिपरिषद्मा आगामी दिनमा महिलालाई प्राथमिकता : मुख्यमन्त्री
baahrakhari.com · Fri Sep 18 13:53:15 GMT 2026

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले मन्त्रिपरिषद् विस्तारका क्रममा महिलाको प्रतिनिधित्व कम भएको स्वीकार गर्दै आगामी नियुक्तिमा महिलालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्रीमा रमा आले मगरलाई नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने अवस्था आए महिलालाई पहिलो प्राथमिकतामा राखिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)