धनगढीमा पहिलोपटक टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप हुँदै
ratopati.com · Fri Sep 18 14:01:01 GMT 2026
धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलोपटक टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ।
कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा असोज ४ गतेदेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाका १६ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता असोज ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)