मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिदा लिएर निजीमा काम नगर्न सरकारी स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन

Ujyaaloonline.com · Wed May 08 00:11:12 UTC 2024

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो त्यही उद्देश्यअनुसार सदुपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई अध्ययन बिदा, असाधारण बिदा, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदाजस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गएर काम गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)