मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आलु रोप्ने खेतमा आलु नै रोपियो

gorkhapatraonline.com · Tue Jan 09 00:30:47 GMT 2024

काठमाडौँ, पुस २४ गते । सरकारले दिएको अनुदान दुरुपयोग गरेर अघिल्लो वर्ष इँटा बनाएको खेतमा यो वर्ष आलु नै रोपिएको छ । आलु सुपर जोनका लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जग्गालाई इँटा बनाउन दिएपछि अघिल्लो वर्ष गोरखापत्रले प्राथमिकतासाथ समाचार प्रकाशित गरेपछि चौतर्फी आलोचना भएको थियो ।

तरकारी तथा खाद्यान्न बाली उत्पादनका लागि दुई वर्षअघि १० वर्षसम्म खेती गर्ने र घडेरीकरण नगर्ने सर्तमा हस्ताक्षर गराएर साना खेतका गरालाई एकीकृत गरेर चक्लाबन्दी गरिएको जग्गामा अघिल्लो वर्ष इँटा बनाउन दिए पनि यो वर्ष भने आलु रोपिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)