मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धुलाम्य सडकले सास्ती

ekantipur.com · Wed May 08 00:18:00 UTC 2024

काठमाडौंबाट नौबिसे हुँदै नारायणगढ जाने सडक होस् कि सूर्यविनायक हुँदै धुलिखेल जाने सडक, स्तरोन्नति गर्ने भन्दै जताततै भत्काइएका छन्, कतिपय ठाउँमा आफैं भत्किएका छन् । स्तरोन्नतिको काम भने अत्यन्तै सुस्त छ । त्यही कारण यी सडक भएर यात्रा गर्दा यात्रुले सास्ती खेप्नुपर्छ । घाम लाग्दा ती सडक धुलाम्मे र पानी पर्दा हिलाम्मे हुन्छ ।

धूलोले आसपासका बस्ती कुरूप बनेका छन् । सडक निर्माण गर्दा धूलो निस्कने ठाउँमा दिनको तीन/चार पटक पानी हाल्नुपर्ने सर्त ठेकेदारसामु राखिन्छ तर पानी हालेको वा नहालेको कुनै अनुगमन हुँदैन । सडकलाई विकासको मेरुदण्ड मानिन्छ तर त्यही विकासको काममा ढिलाइ गरिन्छ । समयमै काम सम्पन्न नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुको सट्टा झन् म्याद थप गर्ने परिपाटी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)