महान् क्रिकेटर ग्यारी सोबर्सको निधन
kendrabindu.com · Sat Jul 18 00:51:31 GMT 2026
काठमाडौं । विश्व क्रिकेटका सर्वकालीन महान् खेलाडी ग्यारी सोबर्सको शुक्रबार निधन भएको छ । वेस्ट इन्डिजका अलराउन्डर खेलाडी रहेका सोबर्सको ८९ वर्षको उमेरमा निधन भएको हो ।
सन् १९४५ देखि १९७४ बीच उनले ९३ टेस्ट खेले र त्यसमा ८ हजार ३२ रन बनाए । यस्तै, उनले २ सय ३५ विकेट पनि लिए । बायाँ हाते ब्याटर सोबर्सले सन् १९५८ मा पाकिस्तानविरुद्ध बनाएको ३ सय ६५ नटआउट रन ३६ वर्षसम्म टेस्ट क्रिकेटको सर्वाधिक उच्च स्कोरको कीर्तिमानका रूपमा रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)