चेम्बर र वृहतप्रेनर्सले सुरु गरे ‘उद्यमी संलग्नता कार्यक्रम’
baahrakhari.com · Fri Sep 18 14:18:52 GMT 2026

काठमाडौं । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सले सहकार्य थालेका छन् ।
स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पुर्याउने उद्देश्यले दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरिएको हो । भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’ को अवसरमा आयोजित कार्यक्रममा चेम्बर र वृहतप्रेनर्सबीच औपचारिक सहकार्य घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)