बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
ratopati.com · Sun Jan 05 17:35:00 GMT 2025

खोटाङ । माया घर नेपाल नामक संस्थाले कोठामा थुनिएर बस्न बाध्य नौ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ । छ वर्षदेखि आफ्नै घरको कोठामा थुनेर राखिएको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन नौ वर्षीया सुजता राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई उक्त संस्थाले उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा ती बालबालिकाको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको माया घर नेपाल इटहरीका जिल्ला प्रतिनिधि प्रमेश ढकालले जानकारी दिए । ‘उद्धार गरिएका चारैजनालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ”, उनले भने, ‘जिल्लाका सहाराविहीन बालबालिकालाई खोजी गरी उद्धार गर्ने अभियानमा जुटेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)