पठन संस्कृतिले बौद्धिक चेत बढाउँछ : सभामुख घिमिरे
gorkhapatraonline.com · Sun Jan 05 17:41:59 GMT 2025

काठमाडौँ, पुस २१ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना, बौद्धिकता, सूचना र ज्ञानको विकास गर्ने बताउनुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र ‘चाइना इन्टरनेसनल बुक ट्रेडिङ’द्वारा भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी समापन समारोहमा सभामुख घिमिरेले सो कुरा बताउनुभएको हो ।
पठन संस्कृतिले ज्ञान आर्जन गर्ने भएकाले पुस्तक प्रदर्शनीमा सहयोग गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाज पछिल्लो समय पुस्तक पढ्ने संस्कृतिबाट टाढा हुँदै गएको छ, पठन संस्कृति ज्ञान आर्जन गर्ने स्वभाव, व्यवहार, प्रयत्न, संस्कार र संस्कृति हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)