श्रम विभाग मार्फत भदौ मसान्तसम्म २ करोड ८३ लाखभन्दा बढी पारिश्रमिक भुक्तानी
ratopati.com · Fri Sep 18 14:24:35 GMT 2026

काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतकाे श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्त सम्म २ करोड ८३ लाख ५८ हजार २०२ रुपैयाँ पारिश्रमिक भुक्तानी गराएका छन्।
भदौ महिनामा दर्ता भएका उजुरी, मेलमिलाप तथा विभागको निर्देशनबाट रु. १ करोड ४३ लाख १२ हजार ३८७ पैसा ५० बराबरको रोकिएको पारिश्रमिक भुक्तानी गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)