पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट
barnanmedia.com · Fri Sep 18 14:38:33 GMT 2026

काठमाडौँ, २ असोजः नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय समाचार समिति (रासस) परिवारसहित बाढी प्रभावित पत्रकार कालिका खड्कालाई भेटी सहानुभूति प्रकट गर्नुभएको छ ।
आज भद्रकालीस्थित राससको केन्द्रीय कार्यालय आउनु भइ राजदूत खानले राससकर्मी खड्काका श्रीमान् एवं पत्रकार टेकराज थामी भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बाढीबाट नेपाल, रासस र पत्रकार खड्काको परिवार पीडामा रहेको छ, यस विषम परिस्थितिमा धैर्य, संयमता अपनाउन आग्रह गर्दछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)