मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

baahrakhari.com · Sat Jun 06 11:54:03 GMT 2026

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८, बुवालुङस्थित पंखुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ । शुक्रबार (जेठ २२) साँझको भारी वर्षपछिको बाढीले सडक बगाएपश्चात् यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै बस, सुमो र मोटरसाइकलमा सवार यात्री समस्यामा परेका छन् । नगर उपप्रमुख विशन राईले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र केही समय लाग्ने भएकाले धैर्य गर्न यात्रीलाई आग्रह गरिएको बताए । सडक खुलाउन नगरपालिकाले डोजर र स्काभेटरसहित कामदार परिचालन गरेको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)