कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन
nepalnews.com · Sat Jul 18 01:25:35 GMT 2026

सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो।
सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यहीँ छ। “पुर्जा छ, तर श्रेस्ता छैन । त्यसैले आफ्नो जग्गा देखाएर कुनै काम गर्न पाएका छैनौँ”, मुक्तकमैया फूलमति डगौरा थारु भन्छन् , “हाम्रो मात्रै होइन, यस्ता समस्या धेरै ठाउँमा छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)