सिमकार्ड लिन अनलाइन सुविधा
barnanmedia.com · Sat Jul 18 01:20:17 GMT 2026

नेपाल टेलिकमले भौतिक तथा ई. सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइनमार्फत आवश्यक विवरण भरेर नयाँ सिम लिन सकिने व्यवस्था गरेको छ । सिम लिन सेवाग्राहीले esim.ntc.net.np मा आवेदन गरी आवश्यक विवरण उपलब्ध गराउनुपर्ने छ ।
सम्पूर्ण विवरण भरिसकेपश्चात् ग्राहक स्वयम् काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिन्छ । यसका लागि आवश्यक ५० रुपियाँ काउन्टरमै तिर्ने र आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नामसमेत फाराममै उल्लेख गर्नुपर्ने छ । प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजातसमेत उपलब्ध गराउनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)