अनुमति र दर्ताबिनै सञ्चालनमा रहेका धादिङबेसीका तीन क्लिनिकलाई जरिवाना
annapurnapost.com · Fri Sep 18 14:47:26 GMT 2026

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा आवश्यक अनुमति र दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका तीनवटा डेन्टल क्लिनिकलाई कारबाही गरिएको छ। बागमती प्रदेश स्वास्थ्य संस्था अनुगमन तथा नियमन प्राविधिक समितिको सिफारिसका आधारमा जनस्वास्थ्य कार्यालय धादिङले तीनवटै क्लिनिकलाई एकरएक लाख रुपैयाँ जरिवाना गरेको हो।
कारबाहीमा पर्नेमा भैरबी दन्तो केयर नेपाल डेन्टल क्लिनिक, मानव डेन्टल होम र ओम मुक्तिनाथ डेन्टल होम रहेका छन्। जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार ती संस्थाले सेवा सञ्चालनका लागि आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा नगरेको पाइएको थियो। प्रदेश स्वास्थ्य मन्त्रालयले यसअघि नै अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई आवश्यक प्रक्रिया पूरा गर्न ३५ दिनभित्र निवेदन दिन सार्वजनिक आह्वान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)