देउखुरीको बस्ती छेउमा भेटियो १६ फिट लामो अजिङ्गर, उद्दार गरेर प्राकृतिक बासस्थानमा छाडियो
nepalpress.com · Fri Sep 18 15:03:48 GMT 2026

रुपन्देही । दाङको देउखुरीमा १६ फिट लामो अजिङ्गरको सकुशल उद्धार गरिएको छ । शुक्रबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी बस्ती नजिकै खरकट्टि क्षेत्रमा करिब ४५ देखि ५० किलोभन्दा बढी तौलको अजिङ्गरको फेला परेको हो ।
खरकट्टीमा च्याउ टिप्न गएको बेला अजिङ्गरले वनमा चरिरहेको चित्तललाई खाएर बसेको देखेपछि स्थानीयले तत्काल डिभिजन वन कार्यालय देउखुरीमा खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ पत्रकारसमेत रहेका वन्यजन्तु उद्धारकर्ता शिवु खनालको नेतृत्वमा डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)