मुख्य सचिव अध्यक्ष र चार सचिव सदस्य, निजामती अस्पतालमै उपकरणमा करोडौं ‘अनियमितता’
newsofnepal.com · Thu Apr 27 00:44:11 GMT 2023
काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास वैरागी अध्यक्ष र चार जना सचिव सदस्य रहेको निजामती कर्मचारी अस्पतालमै कमिसनको चक्करमा १० करोड रुपियाँभन्दा बढी मूल्यका उपकरण किनेर प्रयोगविहीन बनाएर राखिएको पाइएको छ ।
महत्वपूर्ण उपकरणहरु किनेर त्यसै प्रयोगविहीन बनाएर राख्दा अस्पतालको सेवासुविधामा समेत ह्रास आएको छ भने कर्मचारी तथा सर्वसाधारण नागरिक सुलभ मूल्यमा विभिन्न स्वास्थ्य परीक्षण गर्न पाउने सुविधाबाट वञ्चित हँुदै आएका छन् । अहिले कतिपय महत्वपूर्ण परीक्षण अस्पताल बाहिर गर्नुपर्ने बाध्यताका कारण कर्मचारीहरु तथा सर्वसाधारण महँगो शुल्क तिर्न विवश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)