गुण सिनेमा हल आठवटा पर्दासहित पुनः सञ्चालन
baahrakhari.com · Sat Jul 18 01:49:16 GMT 2026

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हल अत्याधुनिक प्रविधियुक्त आठवटा पर्दासहित पुनः सञ्चालनमा आएको छ । नयाँ भवन निर्माणका लागि केही वर्षदेखि बन्द रहेको सिनेमा हल शुक्रबारबाट सञ्चालनमा आएको हो ।
वि.सं. २०५२ सालदेखि २७ वर्ष दर्शकलाई चलचित्र प्रदर्शन सेवा प्रदान गरेको गुण सिनेमाले २०७९ सालदेखि नयाँ भवन निर्माण सुरु गरेको थियो । आधुनिक संरचना, विश्वस्तरीय प्रविधि र सुविधासहित पुनर्निर्माण सम्पन्न भएपछि गुण सिनेमा हल पुनः सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)