मुख्यमन्त्रीको राजीनामा माग्दै राजेन्द्र राई, आचार्य भन्छन्: राजीनामा दिन्न
annapurnapost.com · Wed Sep 01 23:10:00 GMT 2021
विराटनगर: नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रदेश १ का सांसद राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्यले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
विराटनगरस्थित प्रदेश १ निर्वाचन आयोगको कार्यालयमा पुगेर बुधबार एमालेका १० जना प्रदेश सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि राईले आचार्य सरकार अल्पमतमा परेको बताएका हुन् । ‘आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ,’ उनले भने, ‘अब नैतिकताका आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)