माथिल्लो त्रिशूली–१ को सुरुङमा १८ शव फेला
annapurnapost.com · Fri Sep 18 15:19:38 GMT 2026

रसुवा : माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङमा १८ वटा शव फेला परेका छन्। भोटेकोशी नदिमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरुको खोजी कार्य गर्नेमा शुक्रबार सुरूमा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए। फेरि खोजीका क्रममा थप १२ वटा शव देखिएको र निकाल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए।
‘जाली भित्र देखिएको तर सबै शाव निकाल्न बाकी रहेको सूचना प्राप्त भएको छ।,’पाण्डेले भने। आयोजनाको सुरूङबाट यसअघि विभिन्न मितिमा १५ वटा शव निकालिएको छ। शवको सनाखत हुन सकेको छैन। माथिल्लो त्रिशूली –१ को सुरूङमा कम्तिमा ३ सय जना फसेको हुन सक्ने आशंका गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)