मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति

barnanmedia.com · Tue Jan 20 19:15:01 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्नुभएको छ । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाइएको एक पाठ सन्देशमा उहाँले अब आफू ‘विशुद्ध शान्तिको बारेमा सोच्न बाध्य’ नरहेको बताउनुभएको हो ।

उक्त सन्देश सार्वजनिक भएपछि नाटो सदस्य डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चेतावनीका कारण वासिङ्टन र युरोपका नजिकका सहयोगीहरूबीचको तनाव थप बढेको देखिएको छ । यसअघि ट्रम्पले नर्वे, डेनमार्क र ग्रिनल्यान्डसहित आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको थियो, जसको ती देशहरूले कडा विरोध गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)