रसुवा बाढीः पातारासीका ५५ श्रमिक सम्पर्कविहीन
gorkhapatraonline.com · Thu Aug 27 10:44:28 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जुम्लाको पातारासी गाउँपालिकाका ५५ जना श्रमिक सम्पर्कविहीन भएका छन्।
पातारासी गाउँपालिकाले रसुवामा काम गर्न गएका ७६ जनामध्ये ५५ जना सम्पर्कविहीन भएको तथ्याङ्क सार्वजनिक गरेको हो। कामका लागि रसुवा गएका पातारासी गाउँपालिका–४ लाम्री गाउँका १६ जना, वडा नं. ५ माथिल्लो ल्होर्प गाउँका ११ जना, वडा नं. ५ तल्लो ल्होर्प गाउँका चार जना, वडा नं.४ तिर्खु गाउँका १० जना, वडा नं.६ बाता गाउँका १० जना, वडा नं. ४ जम्न गाउँका दुई जना, वडा नं.२ तल्फी गाउँका एक जना र वडा नं. ६ का अर्का एक जना गरी ५५ जना श्रमिक भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)