मकवानपुरमा जिप दुर्घटना हुँदा १४ जना घाइते
gorkhapatraonline.com · Sat Jun 06 12:00:41 GMT 2026

मकवानपुर इन्द्रसरोबर गाउँपालिका ३ मा दुई वटा जिप ठक्कर खाँदा १४ जना घाइते भएका छन् ।
हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको इन्द्रसरोबर गाउँपालिका ३ स्थित धारामा शनिबार हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ७२०७ नं.को सुमो र विपरीत दिशा तर्फबाट आउँदै गरेको बिएए ९७६८ न.को बलेरो गाडी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)