मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिनाथमा सुनको जलहरी : तथ्य एउटा, बहस अर्कै

gorkhapatraonline.com · Sat May 27 06:34:57 GMT 2023

काठमाडौँ, जेठ १३ गते । पशुपतिनाथमा सुनको जलहरी राखिएको विषयलाई लिएर भएको बहस आरोप प्रत्यारोपमा पुगेको छ। सुनको जलहरीको विषय संसद्मै उठेपछि शुक्रबार बैठक अवरुद्ध भयो तर सुनको जलहरीको सन्दर्भमा तथ्य एउटा र बहस अर्कै भएको देखिएको छ। सुनको जलहरीको सन्दर्भमा आएका सूचना तथ्यभन्दा फरक भएको देखिएको छ। सुनको जलहरी बनाएर मुचुल्का उठाउने क्रममा भएको परिमाणात्मक त्रुटिका कारण यो विषय विवादित बनेको हो।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले १०८ किलोग्राम सुनको जलहरी निर्माणका क्रममा कुनै गडबडी नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “२४ सै घण्टा नेपाली सेनाको टोलीको निगरानीमा जलहरी बनाइएको हो। नेपाल राष्ट्र बैङ्कबाट सुन खरिददेखि जलहरी मन्दिरमा लगेर प्राणप्रतिष्ठा गरिन्जेल सेनाको टोलीले एकछिन पनि छोडेको छैन, अनि कसरी सुन हराएको हल्ला गरिँदै छ ?”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)