स्थानीय तहकाे निर्वाचन फागुनमा गर्ने तयारी
reportersnepal.com · Fri Sep 18 15:55:49 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुनको अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरेकाे छ। का कानुनी व्यवस्थाअनुसार निर्वाचनको तयारी भइरहेको आयोगका आयुक्त राजीव सुब्बाले बताए ।
सुब्बाका अनुसार स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान छ । आयोगले आफ्नोतर्फबाट आवश्यक तयारी अघि बढाइसकेको र अब सरकारसँग निर्वाचनसम्बन्धी आवश्यक समन्वय गर्न बाँकी रहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)