समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम
barnanmedia.com · Tue Jun 02 21:15:01 GMT 2026

करिब ३०० अर्ब डलर मूल्यको अनुमान गरिएको समुद्री ऊर्जा भण्डारमाथिको विवाद थप जटिल बन्दै जाँदा कम्बोडियाले थाइल्यान्डसँगको समुद्री दाबी टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घीय प्रक्रियाको औपचारिक बाटो समातेको छ । कम्बोडियाले मङ्गलबार संयुक्त राष्ट्रसङ्घ समर्थित मध्यस्थता संयन्त्र सक्रिय गर्दै समुद्री कानूनअन्तर्गत विवाद समाधान प्रक्रिया सुरु गरेको घोषणा गरेको हो ।
थाइल्यान्डको खाडी क्षेत्रमा पर्ने ओभरल्यापिङ समुद्री दाबी, ऊर्जा अन्वेषण र सीमाङ्कनसम्बन्धी मतभेदका कारण दुई दक्षिणपूर्वी एसियाली छिमेकीबीच दशकौँदेखि तनाव रहँदै आएको छ । विवाद केवल समुद्री सीमामा सीमित नभई करिब ८०० किलोमिटर लामो स्थलसीमाको सीमाङ्कनसमेत लामो समयदेखि असहमतिका केन्द्रमा रहँदै आएको छ । यसलाई फ्रान्सेली औपनिवेशिक कालको अपूर्ण सीमारेखाको विरासत मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)