संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड
ratopati.com · Fri Sep 18 16:08:11 GMT 2026

कपिलवस्तु। नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भइसकेको अवस्थामा संविधानले विभिन्न समुदायका हकअधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती रहेको सरोकारवालाले बताएका छन्।
अधिकारकर्मी रवि ठाकुरले संविधानले सबै जातजाति, धर्म, समुदाय र वर्गका भावना पूर्णरूपमा समेट्न नसकेको बताए। उनले जनआकांक्षा र समयको आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्ने बताए । ठाकुरले पछिल्लो समय भएको ‘जेनजी’ आन्दोलनलाई परिवर्तनको चाहनाका रूपमा बुझ्नुपर्ने बताए। संविधान सबै समुदाय र वर्गले अपनत्व महसुस गर्ने साझा दस्तावेज बन्नुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)