सेजनमा नयाँ नेतृत्व चयन
annapurnapost.com · Fri Sep 03 23:21:00 GMT 2021
काठमाडौँः नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रबार सम्पन्न २२ औँ साधारणसभा तथा महाधिवेशनले जनार्दन बरालको नेतृत्वमा कार्यससमिति चयन गरेको हो । बराल १ सय १४ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी आशिष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)