अनिश्चितताको मैदानमा नेपाली फुटबल
annapurnapost.com · Fri Sep 18 16:22:22 GMT 2026
काठमाडौं : नेपाली फुटबल अहिले मैदानबाहिर व्यस्त छ। एकातिर फिफाको निलम्बनपछि नेपाली फुटबलको नियमित गतिविधि रोकिएको छ। अर्कोतिर अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबारदेखि नियमित काममा फर्कने तयारीमा छ। तर, त्यसअघि सरकार र एन्फाबीचको विवाद टुंगिनु पर्नेछ।
नेपाल सरकारले एन्फामाथिको हस्तक्षेप नहटाए सोमबारदेखि नियमित काममा फर्कने दाउमा रहेको एन्फाले बताएको छ। यता सरकार भने कार्यकाल सकिएको कार्यसमितिले एन्फाको नाम र ब्यानर प्रयोग गर्न नमिल्ने बताइरहेको छ। यही जुहारीबीच नेपाली फुटबलको भविष्यसँग जोडिएका खेलाडी, प्रतियोगिता र संरचना अन्योलमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)