पुनर्गठनको विवाद : पार्टी जोगाउने कि पद?
annapurnapost.com · Fri Sep 18 16:27:53 GMT 2026

कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुगेको आजको समयमा पार्टीको भविष्यबारे गम्भीर वैचारिक बहस सुरु हुनु स्वाभाविक हो। नेकपा एमालेभित्र उठेको पुनर्गठनको बहसले एउटा गम्भीर प्रश्न अगाडि सारेको छ, आगामी दिनमा नेतृत्व पद जोगाउने संघर्षमा केन्द्रित हुने कि पार्टीलाई पुनर्गठन गरेर यसको भविष्य सुरक्षित गर्ने जिम्मेवारी निर्वाह गर्ने?
अहिलेको नेतृत्वको व्यवहार हेर्दा, पार्टीभित्र ‘म भए सबै ठीक, म नभए सबै बेठीक’, ‘म नै संस्था’ र ‘म नै पार्टी’ भन्ने भाष्य निर्माण गरेर ध्रुवीकरण बढाउने प्रवृत्ति देखिएको छ। पुनर्गठनको माग गर्ने नेता–कार्यकर्तालाई बाह्य शक्तिबाट परिचालित वा पार्टी विभाजनकारी भनेर चित्रित गर्ने प्रयास पनि बेलाबखत भइरहेका छन्। कम्युनिस्ट आन्दोलनको इतिहासमा यस्तो प्रवृत्ति नयाँ होइन। व्यक्तिकेन्द्रित नेतृत्वले आफ्नो संरक्षणका लागि फरक मतलाई आरोपित गर्ने र त्यसबाट आफूलाई सुरक्षित राख्ने मनोविज्ञानले यस्ता प्रवृत्तिलाई मलजल गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)