अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो
lokaantar.com

भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ । खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र सुरुङमा शव फेला परेको अपर त्रिशूली–१ का सामाजिकविज्ञ हर्क तामाङले जानकारी दिए । खोज तथा उद्धारका लागि नेपाली सेना र जलविद्युत् कम्पनीका कर्मचारी खटिएका तामाङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)