माओवादी मुख्य नेतृत्वलाई प्रदेशका नेताको प्रश्न : ‘अब सच्चिने कि सक्किने ?’
ekantipur.com · Tue Sep 03 16:51:24 UTC 2024

काठमाडौँ — माओवादी केन्द्रका प्रदेश नेताहरूले अध्यक्ष पुष्पकमल दाहाललाई ‘अब सच्चिने कि सक्किने ?’ भन्दै प्रश्न गरेका छन् । आगामी केन्द्रीय समितिले तय गर्ने कार्यदिशाबारे आयोजना भएको परामर्श बैठकमा पाँच प्रदेशका साढे तीन सय नेताहरूले मुख्य नेतृत्वलाई वैचारिक, राजनीतिक र कार्यशैली सच्याउन सुझाव दिएका हुन् ।
हरेक निर्वाचनमा पार्टी ओरालो लागिरहेका बेला अब पनि नेतृत्व नसच्चिए सिंगो पार्टी नै सक्किनुको विकल्प नरहेको उनीहरूको चेतावनी छ । ‘पार्टी बिग्रिएको माथिबाट हो । माथिको नेतृत्व नसच्चिए सक्किनुको विकल्प छैन,’ उनीहरूको सामूहिक सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)