उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्यौट
ajakoartha.com · Sat Jul 18 03:18:00 GMT 2026

काठमाडौं- उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२ ÷८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फछ्र्यौट गरेको छ । प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फछ्र्यौट भएको सो अदालतले जनाएको छ ।
शुक्रबार यहाँ वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्यौट गर्न सफल भएको जानकारी दिए । फछ्र्यौट भएका मुद्दा देवयानीतर्फ अंशवण्डा, माना चामल, सम्वन्ध विच्छेदलगायतका छन् भने फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जर्बजस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते जालसाजी, बैङिकिङ कसुरलगायत रहेका छन् । न्यायाधीस ज्ञवालीका अनुसार असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्र फछ्र्योट हुन बाँकी रहेका छन् । ती मुद्दा पनि साउनभित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)