श्रेयस अय्यर बने भारतका नयाँ टी–२० कप्तान, १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको आगमन
kalakarmi.com · Sat Jun 06 12:06:49 GMT 2026
नयाँ दिल्ली– भारतीय क्रिकेटमा नयाँ यूगको सुरुवात भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले आगामी टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि टोली घोषणा गर्दै श्रेयस अय्यरलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ । यससँगै पछिल्लो समय टी–२० टोलीको नेतृत्व गर्दै आएका सूर्यकुमार यादव टोलीबाटै बाहिरिएका छन् ।
मुख्य चयनकर्ता अजित आगरकर नेतृत्वको चयन समितिले आयरल्याण्ड र इङ्ल्याण्डविरुद्ध हुने आगामी टी–२० शृंखलालाई लक्षित गर्दै टोली सार्वजनिक गरेको हो । चयनकर्ताहरूले टोलीमा युवा खेलाडीलाई अवसर दिन र आगामी विश्वकप चक्रको तयारीलाई ध्यानमा राख्दै नेतृत्व परिवर्तन गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
टी-२० विश्वकप